सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको बेपत्ता विमान

दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको बेपत्ता विमान

8475
Shares
दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको बेपत्ता विमान

काठमाडौं, १६ जेठ : आइतबार बिहान बेपत्ता भएको तारा एयरको विमान दुर्घटना ग्रस्त अवस्थामा भेटिएको छ।

 

मुस्ताङको थासाङ गाउँपालिका–२ मा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।

उनले भने, ‘विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। थप विवरण केहीबेरमा जानकारी दिनेछौं।’

यस्तै नेपाली सेनाले पनि विमान दुर्घटना भएको ठाउँ पत्ता लागिसकेको र केहीबेरमा सबै जानकारी दिने जनाएको छ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले ट्वीटरमा भनेका छन्, ‘विमान दुर्घटना स्थल पत्ता लगेको छ। केहीबेरमा सबै विवरण सार्वजनिक गछौं।’

8475
Shares

ट्रेन्डिङ