सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१

सहकारी ऐन ल्याइने

2740
Shares
सहकारी ऐन ल्याइने

सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले सहकारी क्षेत्रलाई व्यवस्थित गराउनका लागि सहकारी ऐन ल्याउन लागिएको बताउनुभएको छ ।
सदरमुकाम विदुरमा जिल्ला सहकारी सङ्घको बहुउद्देश्यीय सहकारी भवन तथा तेस्रो सहकारी जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै मन्त्री थानीले सहकारी ऐन सहकारीको मूल्य, मान्यता र सिद्धान्तमा अनुसार नै सहकारीको विविधतालाई विस्तार गर्नका लागि ल्याउन लागिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सञ्चालक र व्यवस्थापक एकै व्यक्ति हुनु हुँदैन । सहकारी र कम्पनीलाई एकै प्रकारको संस्थाका रुपमा हेर्नु हुँदैन” मन्त्री थानीले भन्नुभयो “सहकारी नितान्त सेवा प्रदायक संस्थाका रुपमा रहनुपर्छ । यसमा धेरैभन्दा धेरै समुदायको संलग्नता हुनुपर्छ । अब सहकारी संस्थालाई बलियो बनाउन यो ऐनले भूमिका खेल्छ ।”
कार्यक्रममा स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले अहिले भएका अनगन्ती सहकारी एकीकृत तथा एकीकरण गर्दै लैजान सकेमा सहकारी पनि सक्षम हुने बताउनुभयो । जिल्ला सहकारी सङ्घ नुवाकोटका अध्यक्ष बैकुण्ठ मिश्रले
सहकारीहरु सेवासँगै अब व्यावसायीकरण र आर्थिक समुन्नतितर्फ लम्कन सफल हुँदै आएको नुवाकोटमा रु तीन करोडको लगानीमा निर्मित भवनले पुष्टि गरेको बताउनुभयो ।
कार्यक्रममा सहकारी तालिम केन्द्र काठमाडौँका उपसचिव कृष्णप्रसाद पुडासैनी, डिभिजन सहकारी कार्यालय नुवाकोटका प्रमुख शङ्करराज पाठक, उद्योग वाणिज्य सङ्घ नुवाकोटका अध्यक्ष ताराबहादुर कार्कीलगायतले नुवाकोटमा सहकारीले पुर्याएको योगदान राज्य, निजी संस्था र ठूला भनिएका बैंकभन्दा पनि प्रभावशाली रहेकामा प्रशंसा गर्नुभएको थियो । रासस

2740
Shares

ट्रेन्डिङ