सबैको समाचार
मङ्लबार, असार ९, २०८३
  • होमपेज
  • ग्यास बुलेटको ठक्करबाट बाबु छोरीको ज्यान गयो

ग्यास बुलेटको ठक्करबाट बाबु छोरीको ज्यान गयो

4665
Shares
ग्यास बुलेटको ठक्करबाट बाबु छोरीको ज्यान गयो

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–९ पशुपतिनगरमा ग्यास बुलेटको ठक्करबाट दुई जनाको ज्यान गएको छ ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पशुपतिनगरमा भारतीय नम्बर प्लेटको ग्यास बुलेटले ना ६१ प ४५९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका बाबु र छोरीको ज्यान गएको प्रहरीले जनाएको छ ।

एन एल ०१ एल २९७१ नम्बरको ग्यास बुलेटको ठक्करबाट हेटौँडा–९ बस्ने ५५ वर्षीय ईश्वर तामाङ र उहाँकी छोरी अमिना तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। बुलेटले रातोमाटेमा जीपलाई पनि ठक्कर दिएको थियो ।

बुलेट चालकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

4665
Shares

ट्रेन्डिङ