सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेली पत्रकार इश्वरी ओझाद्वारा प्रेस यूनियनको केन्द्रीय अध्यक्षमा उम्मेदवारी घोषणा

काभ्रेली पत्रकार इश्वरी ओझाद्वारा प्रेस यूनियनको केन्द्रीय अध्यक्षमा उम्मेदवारी घोषणा

6520
Shares
काभ्रेली पत्रकार इश्वरी ओझाद्वारा प्रेस यूनियनको केन्द्रीय अध्यक्षमा उम्मेदवारी घोषणा

काभ्रेली पत्रकार इश्वरी ओझाले नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

हिजो प्रेस युनियन काभ्रे शाखाको अधिवेशनलाई सम्बोधन गर्दै पत्रकार ओझाले नेपाल प्रेस यूनियनको नवौ महाधिवेशनमा केन्दीय अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको हो ।

ओझा युनियनको वर्तमान उपाध्यक्ष समेत रहनुभएको छ । प्रेस युनियनको नवौँ महाधिवेशन साउन ६ र ७ गतेका लागि तय गरिएको छ । ओझा नेपाल पत्रकार महासंघ काभ्रे शाखाको पूर्व जिल्ला अध्यक्ष पनि हुन् ।

पत्रकारितामा लामो समयदेखि सक्रिय पत्रकार ओझा पत्रकारहरुको हकहितको पक्षमा समेत आवाज उठाउँदै आइरहनुभएको छ ।

6520
Shares

ट्रेन्डिङ