सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेको ढुंखर्कमा पहिरोले निर्माणधिन अस्पतालको भवनमा क्षति

काभ्रेको ढुंखर्कमा पहिरोले निर्माणधिन अस्पतालको भवनमा क्षति

11545
Shares
काभ्रेको ढुंखर्कमा पहिरोले निर्माणधिन अस्पतालको भवनमा क्षति

अबिरल वर्षासंगै खसेको पहिरोले काभ्रेको बेथानचोक गाउँपालिकामा निर्माणधिन अस्पतालको भवनमा क्षति पुगेको छ ।

माथिबाट पहिरो खसेपछि ढलानको लागि ठिक्क पारिएको पिल्लरमै क्षति पुगेको छ । अहिले काम रोकिएको छ । पालिकाको वडा नम्बर २ गेलढुंगामा निर्माणधिन यो अस्पताल ५ बेडको हो ।

पालिकाका स्वास्थ्य शाखा प्रमुख सिताराम तिमल्सिनाका अनुसार यो अस्पताल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक सहयोगमा भवन डिभिजन कार्यालय मार्फत ठेक्का सम्झौता भएर काम भैरहेको छ ।

पहिरोले भित्ताको वाल बगाएको छ । भवनको तीन वटा पिल्लरमा पूर्ण क्षति पुगेको स्वास्थ्य शाखा प्रमुख तिमल्सिनाले बताउनुभयो । पहिरोले क्षति गरेपछि अबको ६ महिनाभित्र निर्माण सकिने अस्पतालको काम केही समयपछि सर्ने भएको छ ।

कतिपय प्राविधिकले भित्तामा लगाएको वालमै प्राविधिक त्रृटि औल्याएका छन । अस्पताल निर्माण हुँदै गर्दा पनि वालमा बनावटमा समस्या देखाएपनि निर्माण पक्षले अटेर गर्दा बनिसकेको संरचनामा क्षति पुगेको बताइएको छ ।

बेथानचोक गाउँपालिकामा अर्को १० बेडको अस्पताल पनि निर्माणको चरणमा छ ।

11545
Shares

ट्रेन्डिङ