सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • नारायण सापकोटाको प्रेस युनियन केन्द्रीय सदस्यका लागि उम्मेदवारी

नारायण सापकोटाको प्रेस युनियन केन्द्रीय सदस्यका लागि उम्मेदवारी

6220
Shares
नारायण सापकोटाको प्रेस युनियन केन्द्रीय सदस्यका लागि उम्मेदवारी

काभ्रे: यही साउन ६ र ७ गते हेटौंडामा हुने नेपाल प्रेस युनियनको ९औं महाधिवशेनका लागि सञ्चारकर्मी नारायण सापकोटाले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिनु भएको छ । मंगलबार प्रेस युनियनको केन्द्रीय कार्यालयमा उहाँले उम्मेदवारीको घोषणा गर्नु भएको हो ।

२०५४ सालदेखि पत्रकारितामा निरन्तर क्रियाशील सापकोटाले राष्ट्रिय समाचार समिति, अन्नपूर्णपोष्ट, नयाँ पत्रिका, सगरमाथा टिभि, न्युज २४ टिभि, गरुण आवाज तत्कालिन एच.बि.सी एफएम लगायत मूलधारका राष्ट्रिय मिडियामा काम गरेको लामो अनुभव बोक्नु भएको छ ।

नेपाल पत्रकार महासंघ काभ्रे, प्रेस युनियन काभ्रेको अध्यक्षको जिम्मेवारी संहाल्नु सक्नुभएका उहाँ हाल ट्रेड युनियन कांग्रेसको सचिव समेत हुनुहुन्छ ।

जिल्लामा हाम्रो इन्द्रावती साप्ताहिक काभ्रेका सम्पादक तथा नरम न्युज.कम का प्रधान सम्पादक समेत रहि पत्रकारितामा क्रियाशिल रहेका सापकोटाले केन्द्रीय सदस्य पदमा सहजै विजय हासिल गर्ने देखिन्छ । हामी उहाँको विजयको अग्रिम शुभकामना व्यक्त गर्न चाहन्छौँ ।

6220
Shares

ट्रेन्डिङ