सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • चट्याङ लागेर दिदीभाइको मृत्यु

चट्याङ लागेर दिदीभाइको मृत्यु

16425
Shares
चट्याङ लागेर दिदीभाइको मृत्यु

बागलुङ : चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ।

शनिबार राति चट्याङ पर्दा ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विककी छोरी ९ वर्षीया सुनिता विक र छोरा ६ वर्षीय दिनेश विकको मृत्यु भएको हो।

चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।

घाइते यमकुमारीलाई उद्धार गरी अस्पताल पठाइएको उनले बताए। चट्याङले घर नजिकै बाँधेको एक भैँसीसमेत मरेको छ। ​रासस

16425
Shares

ट्रेन्डिङ