सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • नेपाल मानवअधिकार संगठन नमोबुद्धमा श्यामगोपाल श्रेष्ठको नेतृत्व

नेपाल मानवअधिकार संगठन नमोबुद्धमा श्यामगोपाल श्रेष्ठको नेतृत्व

2290
Shares
नेपाल मानवअधिकार संगठन नमोबुद्धमा श्यामगोपाल श्रेष्ठको नेतृत्व

काभ्रे : नेपाल मानवअधिकार संगठन नमोबुद्धको अध्यक्षमा श्यामगोपाल श्रेष्ठ सर्वसम्मत भएका छन् । आइतबार भकुण्डेवेशीमा भएको दोस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा कार्यसमिति सर्वसम्मत गरेको हो ।

उपाध्यक्षमा शारदा अधिकारी, सचिवमा रमेश न्यौपाने, सहसचिवमा खड्गबहादुर श्रेष्ठ, कोषाध्यक्षमा ऋषिराम बैद्य सर्वसम्मत भएका छन् । सदस्यमा माधवप्रसाद खनाल, मुरारी पौडेल, इन्द्र गैरापिप्ले, राजन अधिकारी, रेशमबहादुर दाहाल, शिव श्रेष्ठ, केदार अधिकारी, दिपेन्द्र पौडेल, मुरारी अधिकारी, हुमालक्ष्मी मैनाली छन् । रामेश्वर अधिकारी, नविन अधिकारी र विलबहादुर श्रेष्ठ सर्वसम्मत रुपमा जिल्ला प्रतिनिधी चयन भएका छन् ।

उद्धघाटन कार्यक्रममा नेपाल मानवअधिकार संगठन काभ्रेका जिल्ला प्रतिनिधी रामेश्वर अधिकारी, रमिला अधिकारी, नेपाल प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, नेपाल प्राध्यापक संघ काभ्रेका सदस्य राजन अधिकारी, नमोबुद्ध नगरपालिका वडा नं ३ का सदस्य रेशमबहादुर दाहाल, नेपाल शिक्षक संघ नमोबुद्धका अध्यक्ष दिनेशप्रसाद अधिकारी, सचिव रमेश न्यौपाने, समाजसेवी रामहरी आचार्य, माधवप्रसाद खनाल, विलबहादुर श्रेष्ठ, नेपाल मानवअधिकार संगठन नमोबुद्धका अध्यक्ष नविन अधिकारी, उपाध्यक्ष शारदा अधिकारी लगायतले नमोबुद्धमा मानवअधिकारको संरक्षण र प्रवद्र्धनको लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्ने औंल्याए ।

2290
Shares

ट्रेन्डिङ