सबैको समाचार
बुधबार, साउन १३, २०८३
  • होमपेज
  • चिया पसलमा जुवातास खेल्ने काभ्रेका थापा सहित पाँच जना पक्राउ

चिया पसलमा जुवातास खेल्ने काभ्रेका थापा सहित पाँच जना पक्राउ

29095
Shares
चिया पसलमा जुवातास खेल्ने काभ्रेका थापा सहित पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौँमा एक चिया पसलमा जुवातास खेलिरहेका पाँच जना पक्राउ परेका छन् ।

काठमाडौँ महानगरपालिका-१६ कालधारास्थित लामा चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा काभ्रे भुम्लु गाउँपालिका-२ घर भएका ४१ वर्षीय राम बहादुर थापा समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार १ सय २५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

29095
Shares

ट्रेन्डिङ