सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • एमाले नेताहरू चढेको जहाज जनकपुर नओर्ली काठमाडौं फिर्ता

एमाले नेताहरू चढेको जहाज जनकपुर नओर्ली काठमाडौं फिर्ता

3040
Shares
एमाले नेताहरू चढेको जहाज जनकपुर नओर्ली काठमाडौं फिर्ता

काठमाडौं । नेकपा एमाले नेताहरु चढेको बुद्ध एयरको जहाज जनकपुर विमानस्थल नजिकै पुगेर फेरि काठमाडौं फिर्ता भएको छ ।

सिरहामा हुने सचिवालय बैठकमा सहभागी हुन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ, युवराज ज्ञवाली, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, नेता अमृत बोहरा लगायत बुद्ध एयरको विमानमा जनकपुर जाँदै थिए ।

तर जनकपुर विमानस्थलमाथिको आकाशमा पुगेपछि परिचारिकाले केही प्राविधिक समस्याका कारण जनकपुर ओर्लन नसक्ने जानकारी गराएकी थिइन् । त्यसपछि जहाज काठमाडौं फिर्ता भएको एमाले उपाध्यक्ष नेम्वाङले बताए ।

बुधबार सिरहामा एमालेको सचिवालय समितिको बैठक बस्दैछ । बैठकमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओली विराटनगरबाट सिरहा जानेछन् भने अरु नेताहरु काठमाडौंबाट जानेछन् ।

बुद्ध एयरको एउटा जहाज फिर्ता भए पनि एमाले नेताहरुलाई अर्को जहाजमा त्यसतर्फ पठाउने तयारी छ । जहाजको ‘अटोपाइलट सिस्टम’मा प्राविधिक समस्या देखिएपछि पाइलटले जहाजलाई काठमाडौं नै फर्काउने निर्णय लिएका बुद्ध एयरका एक उच्च अधिकारीले जानकारी दिए ।

सामान्यतया काठमाडौं विमानस्थल आपतकालीन अवस्थामा सुरक्षित मानिने भएकाले पाइलटले काठमाडौं बाहिरका अरु आन्तरिक विमानस्थलमा अवतरण गराउने जोखिम लिंदैनन् ।

3040
Shares

ट्रेन्डिङ