सबैको समाचार
मङ्लबार, भदौ ९, २०८३
  • होमपेज
  • रोशी गाउँसभाको १६ औं अधिवेशन सम्पन्न, शिक्षा तथा विज्ञापन विधेयक २०८१ पारित

रोशी गाउँसभाको १६ औं अधिवेशन सम्पन्न, शिक्षा तथा विज्ञापन विधेयक २०८१ पारित

650
Shares
रोशी गाउँसभाको १६ औं अधिवेशन सम्पन्न, शिक्षा तथा विज्ञापन विधेयक २०८१ पारित

काभ्रे :- रोशी गाउँपालिकाको गाउँसभाको १६ औं अधिवेशन सम्पन्न भएको छ। गाउँपालिकाको सभा हलमा बसेको बैठकले चालु आर्थिक वर्ष २०८०/८१ को प्रगति समीक्षा गर्दै विनियोजन ऐनमा संशोधन गर्ने निर्णय गरेको छ। साथै, शिक्षा विधेयक २०८१ र विज्ञापन विधेयक २०८१ पारित गरिएको छ।

गाउँसभामा चालु आवका विकास योजनाहरूको कार्यान्वयन अवस्था, बजेट व्यवस्थापन तथा आगामी रणनीतिहरूका विषयमा गहन छलफल भयो। शिक्षा विधेयक पारित भएसँगै गाउँपालिकाभित्रको विद्यालय शिक्षाको सुधार, शिक्षक व्यवस्थापन तथा विद्यार्थी सुविधाको स्तरोन्नति गरिनेछ। यस्तै, विज्ञापन विधेयकले गाउँपालिकाभित्रको प्रचारप्रसारलाई व्यवस्थित गर्दै डिजिटल तथा भौतिक विज्ञापनको नियमन गर्न मद्दत गर्नेछ।

विनियोजन ऐनमा संशोधन गरी विकास बजेटको प्रभावकारी व्यवस्थापन सुनिश्चित गर्ने निर्णय गरिएको छ। गाउँपालिकाका प्रमुख तथा जनप्रतिनिधिहरूले पारित विधेयक तथा निर्णयहरू स्थानीय विकास, सुशासन प्रवर्द्धन तथा आर्थिक पारदर्शिताका लागि महत्वपूर्ण कोसेढुंगा हुने छ ।

650
Shares

ट्रेन्डिङ