सबैको समाचार
बिहिबार, असार ४, २०८३
  • होमपेज
  • बनेपाको एक घरमा ग्यास लिक भई आगलागी

बनेपाको एक घरमा ग्यास लिक भई आगलागी

23375
Shares
बनेपाको एक घरमा ग्यास लिक भई आगलागी

फाइल फोटो

काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नम्बर ६ बुडोलमा आज साँझ सेल रोटी पकाउने क्रममा सिलिन्डर ग्यास लिक भएर घरमा आगोलागी भएको छ ।

स्थानीय तीर्थरमण सेढाईको घरको पहिलो तल्लाको कोठामा पुजाको लागि सेल रोटी पकाउने क्रममा अचानक सिलिन्डरबाट ग्यास लिक भई आगोलागि भएको प्रहरीले जनाएको छ ।

प्रहरी, स्थानीय र नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगोगालीबाट मानविय क्षती नभएको प्रहरीले जनाएको छ ।

पुजाको लागि राखिएको खाद्यन्न, पुजा सामाग्री र सोहि कोठाको झ्यालको सिसा फुटेको छ । करिब ५५ हजार बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

23375
Shares

ट्रेन्डिङ