सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • मनसुनको न्यून चापीय रेखा दक्षिणतर्फ : कस्तो रहला मौसम ?

मनसुनको न्यून चापीय रेखा दक्षिणतर्फ : कस्तो रहला मौसम ?

2760
Shares
मनसुनको न्यून चापीय रेखा दक्षिणतर्फ : कस्तो रहला मौसम ?

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

भोलि बिहीबार पनि देशको पहाडी भू-भागको थोरै स्थानहरूमा र बाँकी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

2760
Shares

ट्रेन्डिङ