सबैको समाचार
शनिबार, भदौ २७, २०८३
  • होमपेज
  • श्रीमानको हत्या अभियोगमा श्रीमती पक्राउ

श्रीमानको हत्या अभियोगमा श्रीमती पक्राउ

1945
Shares
श्रीमानको हत्या अभियोगमा श्रीमती पक्राउ

उदयपुर | ६० वर्षीय श्याम कुमार राईको हत्या गरेको अभियोगमा त्रियुगा नगरपालिका-५ दमौटी सुक्लाई बस्ने ४० वर्षीया निर कुमारी रैनीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

श्याम गत शनिबार साँझदेखि हराई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धान सुरू गरेको थियो। निर कुमारीले घरायसी विवादको कारण श्यामको घाँटी थिची हत्या गरेको खुल्न आएपछि उनलाई पक्राउ गरेको हो।

साथै हत्या गरी घर नजिकै जंगलमा माटोले पुरि स्याउलाले छोपिएर राखेको अवस्थामा उनको शव फेला परेको थियो।

1945
Shares

ट्रेन्डिङ