काभ्रेपलाञ्चोक :- जिल्लाको भैगोलिक हिसाबमा पछि परेको क्षेत्र जाने सडक अबरुद्ध भएको छ ।
अबिरल वर्षाका कारण पनौती- खोपासी हुँदै खानिखोला गाउपालिकाको केन्द्र तालढुङ्गा जोड्ने सडक अबरुद्ध भएको हो ।
पनौती – खोपासी – ढुङखर्क – च्याम्राङबेशी – तालढुङ्गा सडक खण्डको लाटिखोल्चीमा पहिरोका कारण बाटो अबरुद्ध भएको खानिखोला गाउँपालिका केन्द्र सम्म दैनिक सुमो सन्चालन गरिरहेको खानिखोला यातायात प्रा लिका कार्यलय प्रमुख घनपती दाहालले जानकारी गराएका छन ।
जिल्लाका दुई पालिका सङ अझै पनि पक्की सडक छैन्न । भौगोलिक हिसाबमा समेत पछि परेको खानीखोला गाउपालिका र महाभारत गाउपालिका जान अझै पनि जिल्ला सदरमुकामबाट घन्टौको सकस पुर्ण : कच्ची सडकको यात्रा गर्नु पर्ने हुन्छ ।