सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेमा ४४ जनाले कोरोना जिते, १५१ जना थपिए

काभ्रेमा ४४ जनाले कोरोना जिते, १५१ जना थपिए

4240
Shares
काभ्रेमा ४४ जनाले कोरोना जिते, १५१ जना थपिए

काभ्रे, ३१ बैशाख: काभ्रेमा आज १५१ जना नयाँ संक्रमित थपिएका छन् । ४४ जनाले कोरोना जितेका छन् भने थप ४ जनाको मृत्यु भएको छ ।
आज धुलिखेल नगरपालिकाका ७७ बर्षीय पुरूषको र दार्चुलाका ३३ बर्षीय पुरूषको धुलिखेल अस्पतालमा मृत्यु भएको छ ।

हिजो साँझ धुलिखेल नगरपालिकाका ९९ बर्षीय पुरूषको छाउनी अस्पताल र धुलिखेल नगरपालिकाखाएकै ४७ बर्षीय पुरूषको धुलिखेल अस्पतालमा मृत्यु स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

आज थपिएका संक्रमितमा सबैभन्दा बढी बनेपा नगरपालिकाका २१ जना पुरुष र १९ जना महिला रहेका छन् । धुलिखेल नगरपालिकाका १६ जना महिला र ११ जना पुरुष, नमोबुद्ध नगरपालिकाका महिला र पुरुष १०/१० जना, पनौती नगरपालिकाका महिला र पुरुष ८/८ जना संक्रमित रहेका छन् ।

त्ययसैगरी तेमाल गाउँपालिकाका  ११ जना पुरुष र ६ जना महिला, खानीखोला गाउँपालिकाका १० जना पुरुष र ६ जना महिला, मण्डनदेउपुर नगरपालिकाका ३ जना पुरुष र २ जना महिला, रोशी गाउँपालिकाका २ जना पुरुष र १ जना महिला, पाँचखाल नगरपालिकाका २ जना पुरुष र १ जना महिला र भुम्लु गाउँपालिकाका महिला र पुरुष १/१ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । योसँगै जिल्लामा कोरोना भाईरसको संक्रिय संक्रमितको संख्या १७ सय २४ पुगेको छ । जसमा १६ सय ४२ जना होम आईसोलेसनमा र ८२ जना अस्पतालको आईसोलेसनमा छन् ।

4240
Shares

ट्रेन्डिङ