सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • दशैंमा घर जादैं हुनुन्छ ? कांग्रेस भुम्लुले लग्दैंछ निशुल्क

दशैंमा घर जादैं हुनुन्छ ? कांग्रेस भुम्लुले लग्दैंछ निशुल्क

1700
Shares
दशैंमा घर जादैं हुनुन्छ ? कांग्रेस भुम्लुले लग्दैंछ निशुल्क

काभ्रे / दशैंमा घर फर्कने भुम्लुवासीको लागि नेपाली कांग्रेस भुम्लुले निशुल्क बसको व्यवस्थापन गरेको छ। भुम्लु गाउँपालिका कांग्रेसका सभापति जितेन्द्रमान तामाङ (दाबा लामा) को नेतृत्वमा काठमाडौँ उपत्यकाबाट गाउँघर जाने सबैलाइ निशुल्क बसको प्रवन्ध मिलाइएको हो।

गाउँपालिका उपाध्यक्ष समेत रहेका जितेन्द्रमान तामाङका अनुसार भुम्लुका सबै वडावासी दर्जनौं बस मार्फत सहज र निर्धक्क हिसाबले आफ्नो गाउँघर फर्किएका छन्।

चाडपर्वमा महँगो मोटर भाडा तिर्दा समेत सार्वजनिक बसमा आवतजावत गर्न नसकिने अवस्थामा नेपाली कांग्रेस भुम्लुले निशुल्क र व्यवस्थित यात्रा बन्दोवस्त गरेको भन्दै यात्रुहरुले खुशी प्रकट गरे।

‘दशैं खर्चको चपेटामा परेकालाई यात्रा सहज र सस्तो होस् भनेर भुम्लुका सबै नागरिकका लागि सेवाभावले निशुल्क बस व्यवस्थापन गरेका हौँ’- सभापति तामाङले भने।

यो धेरै सामाजिक संघसस्था र व्यक्तिको सहकार्यमा संचालन गरिएको बिशुद्द परोपकारी काम हो तसर्थ यसलाई राजनीतिक चस्माले नहेर्न समेत उनले आग्रह गर्दै सहयोगी सबैलाई आभार प्रकट गरेका छन्।

1700
Shares

ट्रेन्डिङ