सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • आज यी स्थानमा सामान्य वर्षा र हिमपातको सम्भावना

आज यी स्थानमा सामान्य वर्षा र हिमपातको सम्भावना

1910
Shares
आज यी स्थानमा सामान्य वर्षा र हिमपातको सम्भावना

काठमाडौं, कात्तिक २६ : अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा छ।

आइतबार कोशी प्रदेशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी प्रदेशको पहाडी भेगका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।

1910
Shares

ट्रेन्डिङ