सबैको समाचार
बिहिबार, साउन १४, २०८३
  • होमपेज
  • सुन्तला अड्किएर तीन वर्षीय शिशुको मृत्यु

सुन्तला अड्किएर तीन वर्षीय शिशुको मृत्यु

2260
Shares
सुन्तला अड्किएर तीन वर्षीय शिशुको मृत्यु

गुल्मी । गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय शिशुको मृत्यु भएको छ।

जिल्लाको मालिका गाउँपालिका–५ छापहिलेको छाप राङ्लाका आयुष ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी नायव उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए।

मालिका गाउँपालिकाको छापराङ्ला स्थायी घर भएकी कोपिला छोरासँगै तम्घास मिलनचोकस्थित भाडाको कोठामा बस्दै आएकी थिइन्।

आज दिउँसो साढे १ बजे आमाछोरा घरको छतमा बसेर सुन्तला खाने क्रममा छोरा आयुषको घाँटीमा दुई केस्रा सुन्तला अड्किएर श्वास फेर्न गाह्रो भएपछि शिशुलाई उपचारका लागि गुल्मी अस्पतालमा पुर्‍याइएको थियो।

अस्पताल लगिएको एक घण्टापछि उनलाई मृत घोषणा गरिएको थियो।

2260
Shares

ट्रेन्डिङ