सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • काठमाडौं युनिभर्सिटी हाइस्कुलमा ह्विलचेयर बास्केटबल प्रतियोगिता 

काठमाडौं युनिभर्सिटी हाइस्कुलमा ह्विलचेयर बास्केटबल प्रतियोगिता 

2035
Shares
काठमाडौं युनिभर्सिटी हाइस्कुलमा ह्विलचेयर बास्केटबल प्रतियोगिता 

पनौती\ पनौती–५, चौकोटस्थित काठमाडौं युनिभर्सिटी हाइस्कुलमा ह्विलचेयर बास्केटबल प्रतियोगिता आयोजना सम्पन्न गरिएको छ ।

प्रतियोगिता उद्धघाटन बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइमन्त्री तीर्थ लामाले गरेका हुन । विभिन्न दुर्घटनामा मेरुदण्डमा चोटपटक लागेर ह्विलचेयर प्रयोग गरिरहेकाको संस्था मेरुदण्ड पक्षघात संघले प्रतियोगिता आयोजना गरिएको थियो भने प्रतियोगितामा ६ टिमको सहभागीता रहेको थियो ।

२०७९ सालमा ९ जना मेरुदण्डमा चोट लागि ह्विलचेयर प्रयोगकर्ता मिलेर गठन भएको मेरुदण्ड पक्षघात संघले अपांगता भएका व्यक्तिलाई खेलकुदका साथै आत्मनिर्भर, दक्ष बनाउन तालिमका साथै जनचेतना जगाउने काम गर्दै आएको छ ।

2035
Shares

ट्रेन्डिङ