सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  •  उपत्यकामा खानेपानीकाे अभाव

 उपत्यकामा खानेपानीकाे अभाव

1760
Shares
 उपत्यकामा खानेपानीकाे अभाव

काठमाडौँ । गत जेठ २७ गते बाढीको जोखिम देखाएर मेलम्ची खानेपानी विकास समितिले पानी वितरण बन्द गरिदिपछि काठमाडौंका उपभोक्तामा निराशा छाएको छ ।

बाढीको जोखिमलाई देखाएर बन्द गरिएको पानी मङ्सिर मध्यसम्म वितरण हुन सकेको छैन ।

गत असार र साउनमा आएको बाढीले मेलम्ची आयोजनाको हेडवक्र्स र मुख्य बाँधसम्म पुग्ने अस्थाई पुल र सडक नै बगाएको छ ।  उपभोक्ताको पीडालाई पदाधिकारीले गम्भीर रूपमा नलिएको देखिन्छ । काठमाडाै‌का उपभोक्ताले चाँडै पानी आउने आशा मारेका छै्नन् ।

मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको पानी नआउँदा उपत्यकामा पानी वितरणको चाप बढेको छ ।  विकल्पको रूपमा रहेका उपत्यका वरपरको मुहान पनि सुक्दै जान लागेकाले वितरण प्रक्रिया केही प्रभावितसमेत बनेको उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राई ले बताएका छन् ।

काठमाडौँ उपत्यकामा अहिले दैनिक ४७ करोड लिटर पानीको माग छ ।

1760
Shares

ट्रेन्डिङ