सबैको समाचार
आइतवार, साउन १७, २०८३
  • होमपेज
  • स्थानीय र प्रहरीबीच झडप, ३ जना घाइते

स्थानीय र प्रहरीबीच झडप, ३ जना घाइते

1865
Shares
स्थानीय र प्रहरीबीच झडप, ३ जना घाइते

धनुषा | धनुषाको हंसपुर नगरपालिकामा प्रहरी र स्थानीयबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ।​ गएराति सुगानिकास गाउँमा दुई पक्षबीच विवाद हुँदा ३५ वर्षीय दीपा मण्डल घाइते भएकी थिइन्।

त्यसपछि प्रहरी आई घाइते मण्डललाई पक्राउ गरी कुटपिट गरेको र प्रहरीकै कुटाइबाट उनको मृत्यु भएको स्थानीयको आरोप छ। इलाका प्रहरी कार्यालय सुगा निकासमा जम्मा भएको भीड आक्रोशित स्थानीयहरूले बिहानै प्रहरी चौकी घेर्दै नाराबाजी गर्न थालेका थिए।

यसपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउन्ड हवाइ फायर र रब्बरको गोली पनि प्रहार गरेको थियो। प्रहरीको गोली लागेर तीन जना घाइते भएको स्थानीयले जनाएका छन्।

आक्रोशित भीडले प्रहरीको गाडीमा आगजनी गरेका छन्।

1865
Shares

ट्रेन्डिङ