सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • चार केजी चरेससहित महिला पक्राउ

चार केजी चरेससहित महिला पक्राउ

1755
Shares
चार केजी चरेससहित महिला पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा ४ केजी ६४६ ग्राम लागुऔषध चरेससहित एक महिला पक्राउ परेकी छन् ।

कृष्णनगर नगरपालिका –२ बाट ३८ वर्षीया वासु घर्तीलाई इलाका प्रहरी कार्यालय कृष्णनगरले  पक्राउ गरेको हो ।प्यूठान गौमुखी गाउँपालिका –३ कि घर्तीले रुकुमपूर्वबाट भारततर्फ लागुऔषध ओसारपसार गर्न लागेको खुलेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले बताएका छन् ।

कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा झोलामा पोको पारी राखेको (९) पोका चरेस बरामद गरेको छ ।

1755
Shares

ट्रेन्डिङ