सबैको समाचार
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • विपि राजमार्गमा भाद्र १५ सम्म रातिको समयमा यातायात आवागमनमा रोक

विपि राजमार्गमा भाद्र १५ सम्म रातिको समयमा यातायात आवागमनमा रोक

665
Shares
विपि राजमार्गमा भाद्र १५ सम्म रातिको समयमा यातायात आवागमनमा रोक

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लामा मनसुन सक्रिय रहँदा राजमार्गमा हुने क्षेती कम गर्न बाढी, पहिरो जस्ता प्राकृतिक विपद् निम्त्याउने जोखिम बढेकाले रातिको समयमा यातायात विपि राजमार्गमा सञ्चालनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले शुक्रबार सूचना जारी गर्दै यात्रुको सुरक्षा सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको जनाएको छ। जिल्ला सुरक्षा समिति, काभ्रेपलाञ्चोकको निर्णय अनुसार काभ्रेभञ्ज्याङ् – भकुन्डेबेशी हुँदै सिन्धुली तर्फ जाने सार्वजनिक र निजी सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको हो।

कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, “हाल देशमा मनसुन सक्रिय अवस्थामै रहेको हुँदा कुनै पनि समयमा वर्षातका कारण विपद् (बाढी, पहिरो) को अवस्था सिर्जना हुन सक्ने भएकाले त्यस्ता विपद्जन्य घटनाबाट हुने सम्भावित जोखिमलाई न्यूनिकरण गर्न यो निर्णय गरिएको हो।”

निर्णय अनुसार, साउन १ गतेदेखि लागू गरिएकोमा थप १५ दिन सम्म भाद्र १५ गते सम्म कायम गरिएको हो । विप राजमार्ग काभ्रे खन्डमा मात्र करिब ११ किमि सडक क्षेती भएको थियो ।

जिल्ला प्रशासन कार्यालयले यात्रु र सरोकारवालालाई सूचना सार्वजनिक गर्दै उल्लिखित समयमा सडक प्रयोग नगर्न अनुरोध गरेको छ।भने जिल्ला ट्राफिक प्रहरी काभ्रेले अनि यस अगान्बै यात्रा गर्दा राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गर्दै आईरहेको छ ।

665
Shares

ट्रेन्डिङ