सबैको समाचार
आइतवार, अशोज १८, २०८३

बेलायती राजालाई क्यान्सर

1610
Shares
बेलायती राजालाई क्यान्सर

 काठमाडौं । बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर देखिएको छ ।

राजालाई क्यान्सर भएको पुष्टि भएपनि शरीरको कुन भागमा भएको भन्नेबारे केही खुलाइएको छैन। ७५ वर्षीय चार्ल्सलाई सोमबारदिख चिकित्सकको निगरानीमा राखिएको छ। आफ्नो रोग ठीक हुनेमा आफू विश्वस्त रहेको उनले बताएको बकिंघम प्यालेसको विज्ञप्तिमा उल्लेख छ ।

राजाले आफूलाई क्यान्सर भएकोबारे दुवै सन्तानलाइ खबर गरेका छन् । वेल्सका राजकुमार  विलियम र अमेरिकामा रहेका राजकुमार ह्यारीलाई उनले खबर गरेका हुन् ।

क्यान्सरको उपचारका कारण राजाले सम्पूर्ण सार्वजनिक दायित्वबाट हाल पर रहेको बीबीसीले उल्लेख गरेको छ । यद्यपि उनले संवैधानिक जिम्मेवारी भने निर्वाह गर्ने बताइएको छ ।

1610
Shares

ट्रेन्डिङ