सबैको समाचार
सोमवार, साउन १८, २०८३
  • होमपेज
  • छतबाट खसेर ८ वर्षीय बालक घाइते

छतबाट खसेर ८ वर्षीय बालक घाइते

1830
Shares
छतबाट खसेर ८ वर्षीय बालक घाइते

बझाङ | बझाङमा घरको छतबाट लडेर एक बालक घाइते भएका छन्।

छबिसपाथिभेरा गाउँपालिका–२ मुगला घर भई जयपृथ्बी नगरपालिका–९ सिमखेतमा कोठा गरी बस्ने भिरु कडायतका ८ वर्षीय छोरा आयुश कडायत घरको छतबाट खसेर घाइते भएका हुन्।

शनिबार दिउँसो ३ बजेतिर घरको छतमा खेल्ने क्रममा भुइमा खसेका कडाएतको आखाँ, मुख, छाति र टाउँकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीले बताए। प्रहरी निरीक्षक चौधरीका अनुसार बालकको अवस्था गम्भीर रहेको छ।

घाइते बालकलाई जिल्ला अस्पताल बझाङले बाहिर रेफर गरिएको जनाएको छ।

1830
Shares

ट्रेन्डिङ