सबैको समाचार
मङ्लबार, जेष्ठ १९, २०८३
  • होमपेज
  • काभ्रेमा सरकारी कामकाजको भाषा बनेको खुशीयालीमा दिप प्रज्वलन

काभ्रेमा सरकारी कामकाजको भाषा बनेको खुशीयालीमा दिप प्रज्वलन

1630
Shares
काभ्रेमा सरकारी कामकाजको भाषा बनेको खुशीयालीमा दिप प्रज्वलन

काभ्रे :- जिल्लाको व्यस्थ बजार बनेपामा प्रदेश सरकारले तामाङ्ग भाषा र नेपाल भाषालाई सरकारी काम काजको भाषा बनाएको खुशीयालीमा दिप प्रज्वलन गरेका छन्।

बनेपा चार दोबाटो सडकमै आयोजना गरिएको कार्यक्रममा दुई भाषालाई सरकारीकाम काजको भाषा बनाएकोमा खुशी हुदै दिप दिपप्रज्वलन गरिएको हो। बाग्मती प्रदेश सरकारले सरकारी कामकाजको भाषामा तामांङ्ग र नेवारी अर्थात नेपालभाषा बनाए पछि खुशियालीमा र भाषा दिवसको अवसरमा दिप प्रज्वलन गरिएको हो।

जिसस काभ्रेका उप प्रमुख रिम ब तामाङ्गकोप्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा सम्बोधन गर्दै तामांङ्गले आज खुशीको दिन भएको बताए संगै उनले यो दिन सम्म आउदा यो व्यवस्था ल्याउन र यो व्यवस्थामा पनि मात्रुभाषा लाई नै सरकारी कामकाजको भाषा बनाएको दिन आम जनजाति हरुका लागी गर्भको क्षण रहेको बताएका थिए।

नेपाल तामाङ्ग धेदुङ्ग , नेपाल जनजाति माहासघ काभ्रे को संयुक्त आयोजनामा दिप प्रज्वलन गरिएको हो। दिप प्रज्वलनमा नेपाल तामाङ्ग धेदुंङ्ग , आदिवासी जनजाति महासघका नेता गण तथा जिल्ला समन्वय समिति काभ्रेको उप प्रमुख रिम ब तामाङ्ग लगाएतको उपस्थिति रहेको थियो।

1630
Shares

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका