सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • छानबिन समिति बनाए हुन्छ, तर संसद्‌मा बोल्न पाउनुपर्छ : गृहमन्त्री लामिछाने

छानबिन समिति बनाए हुन्छ, तर संसद्‌मा बोल्न पाउनुपर्छ : गृहमन्त्री लामिछाने

780
Shares
छानबिन समिति बनाए हुन्छ, तर संसद्‌मा बोल्न पाउनुपर्छ : गृहमन्त्री लामिछाने

चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउने आफ्नो अधिकार हनन भएको बताएका छन् । 

उनले सहकारी प्रकरणमा छानबिन समिति बनाए  हुन्छ तर संसद्मा बोल्न पाउनुपर्ने बताए ।  पत्रकारहरुसँग कुरा गर्दै उनले सार्वभौम संसद्मा सबैले बोल्न पाउनुपर्ने बताउँदै आफूमाथि लागेको आरोप प्रमाणित गर्न चुनौती दिए ।

सहकारी ठगीका मुख्य आरोपी जिबी राईलाई नियन्त्रमा लिने प्रयास भइरहेको उनले बताए । निजलाई पक्राउ गर्न प्रक्रियागत काम भइरहेका उनले जानकारी दिए ।

गृहमन्त्री लामिछानेले आजै कारागार व्यवस्था कार्यालयको अनुगमन पनि गरे । त्यस क्रममा उनले कैदीबन्दीको समस्या समाधान गर्न सरकारले नीति तथा कार्यक्रमबाट सम्बोधन गर्ने बताए ।

780
Shares

ट्रेन्डिङ