काभ्रे :- जिल्लाको खानिखोला गाउँपालिका वडा नः २ फलामेटारमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शनिबार सक्रिय क्षयरोग खोजपड्ताल शिविर बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय जनस्वास्थ्य निर्देशनालय कार्यालय काभ्रेको आयोजनामा खानिखोला गाउँपालिका र जन्त्र नेपाल काठमाडौको समन्वयमा वडा न : २ फलामेटार स्वास्थ्य चौकीमा गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ ( छिन्ताङ) को प्रमुख अतिथ्यतामा शिविर सम्पन भएको हो ।
X– Ray को प्रयोग गरी स्वास्थ्य सेवाबाट टाढा रहेका तथा क्षयरोग जोखिम रहेका व्यक्ती समुदायहरुको पहिचान गरी शिविर संचालन गरेको गाउँपालिकाले जनाएको छ । शिविरमा X– Ray , छातीको समस्य , दम, धम्की ,दीर्घ रोग, खोकी, सुगर , प्रेसर भएका बिरामीहरुलाई बिज्ञ डाक्टर द्धारा १२४ जनालाई नि:शुल्क सेवा दिएको थियो ।
स्वास्थ्य शिविर कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ ( छिन्ताङ) ले विभिन्न किसिमका दीर्घ रोगहरुको पहिचान गरी यो निशुल्क शिविर संचालन गरेको बताए ।
मान्छेमा धन र सम्पत्ति भनेको नै पहिलो कुरा स्वास्थ्य रहेको भन्दै पालिका भित्र सबै वडाहरुमा हरेक किसिमका रोगको पहिचान गरी प्रदेश सरकार र जिल्ला जनस्वास्थ्य कार्यलयको सहयोग र पालिका सरकारको समन्वयमा सबै वडामा शिविर संचालन गर्ने अध्यक्ष बताए ।
कार्यक्रममा वडा अध्यक्ष दशरथ थिङ, बेद प्रसाद आचार्य, डाक्टर बाबुराम अधिकारी,प्रमोद कार्की फलामेटार स्वास्थ्य चौकी इन्चार्ज दुधेराज मगर लगायत वडाका स्थानीयहरुको उपस्थिति रहेको थियो ।