सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • ५ लाख ५० हजार बराबरको चट्याङले क्षेती

५ लाख ५० हजार बराबरको चट्याङले क्षेती

810
Shares
५ लाख ५० हजार बराबरको चट्याङले क्षेती

काभ्रे :- जिल्लाको धुलिखेल नगरपालिका वडा न . १० सारदा बतासेमा दुईघरमा चट्याङ लाग्दा ५ लाख ५० हजार बराबरको क्षेती भएको छ् ।

आज दिउँसो करिब ३ बजे तिर सारदा बतासे बस्ने बर्ष ४८ की लक्ष्मी के.सी. को दुईतल्ले घरको छतको ढलान तीन ठाउँमा प्वाल पारेको र सुत्ने र भान्छा कोठाको गारोमा प्वाल पारि क्षति भएको हो ।

उनको घरमा बिद्युत मिटर बक्स थान-१, फ्रिज थान- १, सिलिङ फ्यान थान-१, क्षति भएको, अं. रु. ५,००,०००।– (पाँच लाख) बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

सङै सारदा बतासे बस्ने बर्ष ४० को सुबर्ण के.सी.को ईट्टा र सिमेन्टले बनेको ढलान गरेको पक्कि एक तल्ले घरको छतमा प्वाल पारी क्षति भएको र उनको घरको बिद्युत मिटर बक्स थान-१, टि.भि. थान-१ क्षति भएको रु. ५०,०००।– (पचास हजार) बराबरको क्षति भएको काभ्रे प्रहरीका सुचना अधिकारी राज कु श्रेष्ठले जनकारी दिएका हुन ।

चट्याङले कुनै थप क्षेती नभएको प्रहरीले जनाएको छ ।

810
Shares

ट्रेन्डिङ