सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउविरुद्ध प्रेस ऐक्यबद्धता

कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउविरुद्ध प्रेस ऐक्यबद्धता

690
Shares
कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउविरुद्ध प्रेस ऐक्यबद्धता

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकै इसारामा प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरिएको भन्दै सञ्चारमाध्यमहरूले प्रेस ऐक्यबद्धता जनाएका छन्  । 

दैनिक पत्रिकाहरूले पहिलो पृष्ठमै ‘तथ्य डग्दैन, कलम झुक्दैन’ भन्दै प्रेस ऐक्यबद्धता जनाएका हुन् । विशेष घटनाका बेला सम्पादकीय र विशेष सम्पादकीय लेख्ने ठाउँमा पत्रिकाहरूले बुधबार प्रेस ऐक्यबद्धता जनाएका हुन् ।

त्यस्तै दैनिक पत्रिकाहरूले पहिलो पृष्ठमै अध्यक्ष सिरोहिया पक्राउ घटनालाई प्रमुखताका साथ छापेका छन् । अन्नपूर्ण पोस्ट, हिमालय टाइम्स, राजधानी, नेपाल समाचार पत्र, मध्याह्न दैनिक, आर्थिक अभियान दैनिक, द हिमालयन टाइम्स अंग्रेजी दैनिकलगायतका पहिलो पृष्ठमा प्रेस ऐक्यबद्धता जनाउने सामग्री छापिएका छन् ।

स्वतन्त्र प्रेसमाथि आक्रमण हुँदा यसरी विरोध जनाउने विश्वव्यापी प्रचलन हो । नयाँ पत्रिका, नागरिक र कारोबार दैनिक भने यो सामूहिक विरोधमा सामेल छैनन् ।

690
Shares

ट्रेन्डिङ