सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • मनसुनको बहिर्गमनमा ढिलाई, अझै ३-४ दिन पानी पर्ने

मनसुनको बहिर्गमनमा ढिलाई, अझै ३-४ दिन पानी पर्ने

2255
Shares
मनसुनको बहिर्गमनमा ढिलाई, अझै ३-४ दिन पानी पर्ने

काठमाडौं । नेपालमा मनसुन केही दिन ढिलो गरि बाहिरिने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले शुक्रबार राति विशेष बुलेटिन जारी गर्दै मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहेतापनि यस वर्षको मनसुन औसत मिति भन्दा केहि दिन ढिलो बाहिरिने सम्भावना देखिएको बताएको छ ।

हाल बंगालको खाडीको उत्तर-पश्चिम भागमा विकास भइरहेको न्यून चापीय क्षेत्र उत्तर-पश्चिम दिशा तर्फ सर्ने सम्भावना देखिएकोले आगामी ३ र ४ दिनसम्म देशका धेरै स्थानहरुमा आंशिक देखि सामान्य बदली भई केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा तथा कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस अवस्थामा, पहाडी भू-भागमा पहिरोको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह केही बढ्न सक्ने, दैनिक जन-जीवन तथा सडक, हवाई यातायात समेत केही प्रभावित हुन सक्ने सम्भावना भएको तथा बाली भित्र्याउने बेला पनि भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाले अनुरोध गरेको छ ।

2255
Shares

ट्रेन्डिङ