काठमाडौं । नेपालले आज टी-२० विश्वकप वार्मअपअन्तर्गत पहिलो खेलमा क्यानडासँग खेल्दैछ । खेल राति सवा ९ बजे अमेरिकाको डलासमा हुँदैछ ।
नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले भने क्यानडासँगको वार्मअप पनि नखेल्ने भएका छन् । विनवार्ड्सविरुद्धको तेस्रो अभ्यास खेलअघि उनको खुट्टा मर्केको थियो ।
उनले ह्युस्टन हरिकेन्ससँगका दुई खेल पनि गुमाएका थिए । तर, दीपेन्द्रले मैदानमा आउँदै टोलीसँग अभ्यास भने गर्दै आएका छन् ।
क्यानडासँगको खेलपछि नेपालले ३० मेमा अमेरिकासँग आईसीसीको वार्मअप खेल खेल्नेछ । क्यानडा र अमेरिकासँग वार्मअप खेलपछि नेपालको सम्पूर्ण तयारी सकिनेछ ।
विश्वकप १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा सुरु हुँदैछ ।