सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • खुल्ला ज्ञानकुञ्ज रोड रेस २०८१ असार १ गते हुदै

खुल्ला ज्ञानकुञ्ज रोड रेस २०८१ असार १ गते हुदै

990
Shares
खुल्ला ज्ञानकुञ्ज रोड रेस २०८१ असार १ गते हुदै

काभ्रे :- बनेपा नगरमा लामो समय देखि संचालित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको आयोजनामा खुल्ला रोड रेस हुने भएको छ। ज्ञानकुञ्ज रोड रेस २०८१ एसईई दिएर बसेका विधार्थी लक्षित रोड रेस २०८१ आयोजना हुने भएको हो। ज्ञानकुञ्जले यस आगिका वर्षहरुमा समेत यो प्रतियोगिता आयोजना गरीसकेको छ।

आगामी असार एक गते खुल्ला रुपले यो प्रतियोगिता आयोजना गर्न लागिएको हो। यस प्रतियोगितामा एसईई दिएर बसेका विधार्थीहरुले प्रवेश पत्र , फोटो लागाएतको सामाग्री पेस गरेर प्रतियोगितामा साहभागी हुन् पाउने छन्। प्रतियोगीले आवेदन शुल्क मबोजिम रु १०० रुपैया बुझाउनु पर्नेछ।

प्रतियोगीतामा प्रथम हुनेलाई ३० हजार नगर सहित प्रमाण पत्र र द्धितीय हुने लाई २० हजार प्रमाण पत्र , तथा तृतीय हुनेलाई १० हजार नगर सहित प्रमाण पत्रले सम्मान गरिने जनाएको छ। प्रतियोगितामा सहभागी हुने सबैले प्रमाणपत्र भने पाउने छन्। यस अघि २०७६ मा प्रथम , २०७८ मा दोस्रो , २०७९ मा तेस्रो सस्करण आयोजना गरेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले यो पटक चौथो सस्करणको रुपमा प्रतियोगिता आयोजना गरेको हो।

यस अघि सस्करण भन्दा यस पटक सहभागी समेत बड्ने आयोजकको अपेक्षा रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका प्रवन्ध निर्देशक प्रताब वैद्यले पत्रकार सम्मेलन गर्दै जानकारी दिएका हुन्। प्रतियोगितामा देशका कुनै पनि स्थानका विधार्थीले सहभागीता जनाउन पाउने छन्।

रोड रेस पुरुस तर्फ ७ किलो मिटर र महिला तर्फ ३. ६ किमि हुने छ। पुरुष तर्फ पनौती बसपार्क बाट ज्ञानकुञ्ज स्कुल पुगेर रेस सकिने छ। भने अहिला तर्फ ज्ञानकुञ्ज बाट सुरु भै बनेपा पुरानो बजार हुदै चण्डेस्वरी मन्दिर हुदै पुन: ज्ञानकुञ्ज स्कुल पुगेर रेस सकिने छ।

रेसमा सहभागी सबैलाई नि शुल्क टिसर्ट उपलब्ध गराईने छ भने प्रतियोगीता सम्पन्न गर्न २०० भन्दा बडी स्वयम्सेवक खटिने छन्। राजमार्गमा रेस अवधिका लागी जिल्ला ट्राफिक प्रहरीले समेत सघाउने आयोजक ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले जनाएको छ। प्रतियोगितामा सहभागी हुन् आगामी जेठ ३२ गते सम्म नाम दर्ता गराउनु पर्ने छ।

990
Shares

ट्रेन्डिङ