सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • ६ किलो सुन र ४८ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

६ किलो सुन र ४८ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

710
Shares
६ किलो सुन र ४८ लाख नगदसहित  चिनियाँ नागरिक पक्राउ

काठमाडौं । करिब ६ किलो सुनसहित एक चिनियाँ नागरिक कपनबाट पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले कपनबाट ६ किलो सुन र ४८ लाख रुपैयाँसहित आइतबार राति एक चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

 पक्राउ परेका चिनियाँ नागरिक यसअघि पनि सुन तस्करीमा संलग्न रहेर प्रहरीको खोजी सूचीमै रहेको व्यक्ति रहेको सीआईबी स्रोतले जानकारी दियो ।

त्यसैगरी सुन तस्करीमा संलग्न भएको आरोपमा भारतको दिल्लीमा २ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरुलाई नेपाल ल्याउने तयारी भइरहेको सीआईबी स्रोतले जानकारी दियो ।

710
Shares

ट्रेन्डिङ