सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काँग्रेसको क्रियाशील सदस्यता आधुनिक प्रविधिमा

काँग्रेसको क्रियाशील सदस्यता आधुनिक प्रविधिमा

7720
Shares
काँग्रेसको क्रियाशील सदस्यता आधुनिक प्रविधिमा

काठमाडौं, १६ चैत : नेपाली काँंग्रेसले आगामी भदौमा हुने १४औँ महाधिवेशनका क्रियाशील सदस्यताको विवरण अत्याधुनिक प्रविधिको प्रयोग गरेर तयार पारिरहेको छ । ६९ जिल्लामा ३२१ जना कम्प्युटर अपरेटरबाट विवरण अद्यावधिक गर्न कार्य भइरहेको छ ।

सातवटै प्रदेश, ७७ जिल्ला, ७५३ स्थानीय तह र हाल कायम छ हजार ६४३ वडामा नै क्रियाशील सदस्यताको वितरण तयार गरिने छ । यसले जातीय, लिङ्गीय हरेक हिसाबले अभिलेख तयार गरिनेछ । तयार पारिएको विवरणबाट एक मिनेटमा कुनै जिल्लाको कुनै वडामा के–कति काँग्रेसका क्रियाशील सदस्य छन् भन्ने हेर्न सकिनेछ ।

पार्टीका उपसभापति विमलेन्द्र निधिले काँग्रेसले क्रियाशील सदस्यताको विवरण आधुनिक प्रविधिको प्रयोग गरेर अद्यावधि गरिरहेको बताए । संविधान सभाबाट संविधान जारी भएपछि नयाँ संविधान र राजनीतिक दलसम्बन्धी ऐनले तोकेअनुसारको समावेशी अवधारणाअनुसार पार्टीको विधान तयार गरेको जानकारी पनि उनले दिए ।

देशका ६९ जिल्लामा क्रियाशील सदस्यताको विवरण अद्यावधिक गर्न ३२१ जना व्यक्ति एकै पटक काम गरिरहेका छन् । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले यसरी आधुनिक प्रविधिको प्रयोग गरेर अभिलेख राख्ने काँग्रेस पहिलो दल भएको दाबी गरे । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

7720
Shares

ट्रेन्डिङ