सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • पात्लेखेतको हनुमान माविमा थप दुई कोठे भवन शिलान्यास

पात्लेखेतको हनुमान माविमा थप दुई कोठे भवन शिलान्यास

5400
Shares
पात्लेखेतको हनुमान माविमा थप दुई कोठे भवन शिलान्यास

काभ्रे : काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ११ पात्लेखेतमा रहेको हनुमान माध्यामिक विद्यालयमा नयाँ भवन शिलान्यास गरिएको छ । नगरप्रमुख अशोक ब्याञ्जु श्रेष्ठले आज नयाँ विद्यालय भवनको शिलान्यास गर्नुभएको हो ।

१८ लाख लगानीमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत नयाँ विद्यालय भवन लागेको हो । २ महिना भवन बनि सक्नेछ । नगरप्रमुख ब्याञ्जुले नगरपालिकाभित्रका सबै विद्यालयहरू भौतिक रूपमा मजबुद बन्दै गएको भन्दै अबको ध्यान शैक्षिक गुणस्तरमा केन्द्रीत भएको बताउनुभयो ।

‘नगरभित्र भुकम्पले भत्काएका धेरै विद्यालय बनिसकेका, सुरक्षित कोठाभित्र बसेर बालबालिका पढ्न पाएका छन्, अब हामी सबैको ध्यान गुणस्तरीय शिक्षामा जान जरुरी छ, नगरप्रमुख ब्याञ्जुले भन्नुभयो ।’

5400
Shares

ट्रेन्डिङ