सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • गृहमन्त्री लामिछाने राजीनामा दिने मनस्थितिमा

गृहमन्त्री लामिछाने राजीनामा दिने मनस्थितिमा

705
Shares
गृहमन्त्री लामिछाने राजीनामा दिने मनस्थितिमा

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिने मनस्थिति बनाएका छन्।

एमाले र नेपाली कांग्रेसको नयाँ सत्ता गठबन्धन बनेपछि अल्पमतका परेका प्रचण्ड नेतृत्वको सरकारमा बस्नुको औचित्य नभएको भन्दै गृहमन्त्रीबाट लामिछानेले राजीनामा दिने तयारी गरेका छन्।

राजीनामा दिएर केपी ओली नेतृत्वको सरकारमा जान समेत लबिङ गर्ने तयारीमा लामिछाने रहेका उच्चस्रोतले जनाएको छ।

रास्वपा सभापतिसमेत रहेका लामिछानेले आजको बैठकपछि निर्णय गरेर आजै प्रधानमन्त्रीसमक्ष राजीनामा दिने मनस्थितिमा पुगेको उनी निकट स्रोतको भनाई छ।

रास्वपाको केन्द्रीय कार्यालयमा आज केन्द्रीय समितिको बैठक बसिरहेको छ। बैठकमा समसामयिक राजनीति र पार्टी महामन्त्रीको समीक्षा प्रतिवेदन छलफल हुने कार्यसूची छ। आजको बैठकले सरकार छाड्ने कि नछाड्ने भन्ने औपचारिक निर्णय गर्नेछ।

राष्ट्रिय स्वतन्त्र पार्टीको मंगलबार बसेको बैठकले भने कांग्रेस–एमाले गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ। 

705
Shares

ट्रेन्डिङ