सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • मन्त्री नआएपछि प्रतिनिधि सभाको बैठक स्थगित

मन्त्री नआएपछि प्रतिनिधि सभाको बैठक स्थगित

580
Shares
मन्त्री नआएपछि प्रतिनिधि सभाको बैठक स्थगित

 काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । 

बैठक ३ मिनेट ५५ सेकेन्ड बसेर स्थगित भएको हो । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले बैठकमा कुनै पनि मन्त्रीको उपस्थिति नरहेको भन्दै सभामुखको ध्यानाकार्षण गराएका थिए ।

वार्षिक प्रतिवेदन पेश गर्ने सम्बन्धि कार्यसूची सूचीबाट हटाइएको जानकारी गराउँदै सभामुख घिमिरेले बैठक स्थगित गरेका थिए । 

प्रतिनिधि सभा नियमावली २०७९ को नियम ६ को उपनियम ५ बमोजिम बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य रहेको छ ।

अर्को बैठक भोलि (असार २८ गते, शुक्रबार) विहान ११ बजे बस्ने कार्यसूची रहेको छ ।

580
Shares

ट्रेन्डिङ