सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • विकट गाउँको मतपेटिका हेलिकप्टरबाट ल्याइयो

विकट गाउँको मतपेटिका हेलिकप्टरबाट ल्याइयो

3480
Shares
विकट गाउँको मतपेटिका हेलिकप्टरबाट ल्याइयो

३ असोज,सर्लाहीको सबैभन्दा विकट क्षेत्रमा पर्ने नारायणखोलाको एउटा मतदान केन्द्रबाट नेपाली सेनाको हेलिकप्टर मार्फत मतपेटिका ल्याइएको छ ।

लालबन्दी नगरपालिकाको वडा नम्वर १४ मा पर्ने डाइनी दोभान मतदान केन्द्रबाट मंगलबार (आज) बिहान सेनाको हेलिकप्टरमा राखेर मतपेटिका लालबन्दी नगरपालिका स्थित मतदान अधिकृतको कार्यालय सम्म ल्याइएको हो ।

खोलामा बाढी आएकाले पैदल मार्ग अवरुद्ध भएकाले हेलिकप्टर मार्फत डाइनी दोभान केन्द्रको मतपेटिका, त्यहाँ खटिएका कर्मचारी तथा सुरक्षाकर्मीलाई लालबन्दी ल्याइएको मतदान अधिकृत बाबुराम अधिकारीले जानकारी दिनुभयो ।

डाइनी दोभान मतदान केन्द्रमा जम्मा ८ सय १९ मतदाता मध्ये ५ सय ८१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नारायणखोलाकै मोटर दोभान मतदान केन्द्र (क) र (ख) बाट भने ट्रयाक्टर मार्फत नै मतपेटिका ल्याइएको निर्वाचन अधिकृत अधिकारीले बताउनुभयो ।

चुरेभेगमा पर्ने नारायणखोला सर्लाही जिल्लाको सबैभन्दा विकट क्षेत्र मानिन्छ । त्यहाँ अहिलेसम्म सडक पुग्न नसकेका कारण लालबन्दी बजारबाट पत्थरकोटसम्म गाडीमा र त्यहाँबाट दुई घण्टा भन्दा बढी पैदल हिँडेर नारायणखोला सम्म पुग्नुपर्ने बाध्यता छ । सि आई एन बाट  ३ असोज,सर्लाहीको सबैभन्दा विकट क्षेत्रमा पर्ने नारायणखोलाको एउटा मतदान केन्द्रबाट नेपाली सेनाको हेलिकप्टर मार्फत मतपेटिका ल्याइएको छ ।

लालबन्दी नगरपालिकाको वडा नम्वर १४ मा पर्ने डाइनी दोभान मतदान केन्द्रबाट मंगलबार (आज) बिहान सेनाको हेलिकप्टरमा राखेर मतपेटिका लालबन्दी नगरपालिका स्थित मतदान अधिकृतको कार्यालय सम्म ल्याइएको हो ।

खोलामा बाढी आएकाले पैदल मार्ग अवरुद्ध भएकाले हेलिकप्टर मार्फत डाइनी दोभान केन्द्रको मतपेटिका, त्यहाँ खटिएका कर्मचारी तथा सुरक्षाकर्मीलाई लालबन्दी ल्याइएको मतदान अधिकृत बाबुराम अधिकारीले जानकारी दिनुभयो ।

डाइनी दोभान मतदान केन्द्रमा जम्मा ८ सय १९ मतदाता मध्ये ५ सय ८१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नारायणखोलाकै मोटर दोभान मतदान केन्द्र (क) र (ख) बाट भने ट्रयाक्टर मार्फत नै मतपेटिका ल्याइएको निर्वाचन अधिकृत अधिकारीले बताउनुभयो ।

चुरेभेगमा पर्ने नारायणखोला सर्लाही जिल्लाको सबैभन्दा विकट क्षेत्र मानिन्छ । त्यहाँ अहिलेसम्म सडक पुग्न नसकेका कारण लालबन्दी बजारबाट पत्थरकोटसम्म गाडीमा र त्यहाँबाट दुई घण्टा भन्दा बढी पैदल हिँडेर नारायणखोला सम्म पुग्नुपर्ने बाध्यता छ ।

-सि आई एन बाट

3480
Shares

ट्रेन्डिङ