सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • कक्षा १२ मा कुन विषयमा विद्यार्थी बढी कमजोर देखिए ?

कक्षा १२ मा कुन विषयमा विद्यार्थी बढी कमजोर देखिए ?

615
Shares
कक्षा १२ मा कुन विषयमा विद्यार्थी बढी कमजोर देखिए ?

काठमाडौं । कक्षा १२ मा यसपटक सबैभन्दा बढी अंग्रेजी विषयमा परीक्षार्थीहरू अनुत्तीर्ण भएका छन्।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार अंग्रेजी विषयमा ६६ हजार २७५ अनुत्तीर्ण भएका हुन्।

एकाउन्टिङमा ४१ हजार २६३, सोसल स्टडीमा ३३ हजार ९२१ र नेपालीमा २८ हजार ३५६ अनुत्तीर्ण भएका बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए।

उनले यसपटक प्रादेशिक रूपमा नै परीक्षाफलका बारेमा अध्ययन गरिने बताए।

‘कुन प्रदेश कमजोर भयो। के कारणले कमजोर भयो। कुन प्रदेश राम्रो भयो कसरी राम्रो भयो भनेर अध्ययन गर्नेछौं।

अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गर्नेछौं।’

615
Shares

ट्रेन्डिङ