सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • सामुदायिक साकोसले ल्यायो कोरोना भाईरस रोग बीमा योजना

सामुदायिक साकोसले ल्यायो कोरोना भाईरस रोग बीमा योजना

9620
Shares
सामुदायिक साकोसले ल्यायो कोरोना भाईरस रोग बीमा योजना

काभ्रे: पनौतीमा मुख्य कार्यालय रहेको जिल्लाकै सबल र विस्तारित वित्तीय निकाय सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्य र संभावित सदस्यहरुका लागि कोरोना भाईरस रोग बीमासम्बन्धि योजना अघि सारेको छ ।

कोरोना भाईरस (कोभिड १९) को प्रभाव र प्रकोप नेपालमासमेत ब्यापक रूपमा फैलिईरहेको अवस्थामा उक्त संस्थाले शेयर सदस्य तथा सदस्यका परिवारहरूको कोरोना भाईरस रोगको बीमा गर्नको लागि सहजीकरण गर्ने भएको हुँदा ईच्छुक शेयर सदस्यहरूले संस्थाको नजिकको सेवाकेन्द्र मार्फत बीमा गर्न सक्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले जानकारी दिनुभयो ।

प्रमुख कार्यकारी अधिकृत बस्नेतका अनुसार इच्छुक शेयर सदस्य वा सदस्य नै नभएका व्यक्तिलेसमेत यो योजनामा सहभागि हुन सक्ने प्रावधान ल्याइएको छ । जस अनुसार कोरोना बीमा रू. १ लाख वा रू. ५० हजारको योजनामा सहभागी हुन सकिने र रू. १ लाखको बीमाका लागि ६ सय रुपैया र ५० हजारको बीमाका लागि ३ सय बीमा शुल्क लाग्नेछ ।

कोरोना बीमा योजनामा ३ महिना देखि ९९ वर्षसम्मका सदस्यहरू सहभागी हुन पाईने र बीमा गरेको १६ औं दिनदेखि १ वर्ष भित्र कोरोना पोजेटिभ देखिएमा बीमांक रकम भुक्तानी दिइने उहाँले बताउनु भयो ।

9620
Shares

ट्रेन्डिङ