सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेमा ६२ वर्षीया वृद्धा बलात्कार गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

काभ्रेमा ६२ वर्षीया वृद्धा बलात्कार गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

1050
Shares
काभ्रेमा ६२ वर्षीया वृद्धा बलात्कार गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

काभ्रे । काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर–९ मा वृद्धा बलात्कृत भएकी छन् । 

बलात्कार आरोपमा रामेछापको सुनापति गाउँपालिका–५ घर भएका १८ वर्षीय पासाङ तामाङ पक्राउ परेका छन् ।

 मानसिक सन्तुलन गुमाएकी र बोल्न नसक्ने पीडितलाई तामाङले भण्डारीबेशी नजिकै पर्ने मूल सडकसँगैको झाडीमा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

बलात्कारपछि भाग्दै गरेका किशोरलाई पक्राउ गरेर अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले बताए ।

गाउँ फर्किँदा बाटोमा भेटेपछि अपरिचित महिलालाई बलात्कार गरेको उनले बताएका छन् ।

1050
Shares

ट्रेन्डिङ