सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • विमान दुर्घटनाको जाँचबुझ गर्न ५ सदस्यीय आयोग गठन

विमान दुर्घटनाको जाँचबुझ गर्न ५ सदस्यीय आयोग गठन

615
Shares
विमान दुर्घटनाको जाँचबुझ गर्न ५ सदस्यीय आयोग गठन

काठमाडौं । सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ ।

 बुधबार बसेको मन्त्रिपरिषद्को   आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो ।

आयोगका सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी रहेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल सदस्य सचिव रहेका छन् ।

615
Shares

ट्रेन्डिङ