तनहुँ । तनहुँमा स्रोत नखुलेको १२ लाख नगदसहित तनहुँबाट दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रोल्पाको माडी गाउँपालिका-५ पासाबाङ घर भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका-१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुशान केसीलाई पक्राउ गरिएको हो ।
व्यास नगरपालिका ३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार निजहरुलाई पक्राउ गरिएको हो ।
काठमाडौंबाट मोटरसाइकलमा पोखरातर्फ गइरहेका उनीहरूलाई शङ्का लागेर जाँच गर्ने क्रममा पक्राउ गरी नगद बरामद गरिएको प्रहरी श्रोतले जनाएको छ ।