सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश सांसद हुमागाईले छाडे गोकुलको साथ, मन्त्री बनाउने आश्वासन

प्रदेश सांसद हुमागाईले छाडे गोकुलको साथ, मन्त्री बनाउने आश्वासन

10920
Shares
प्रदेश सांसद हुमागाईले छाडे गोकुलको साथ, मन्त्री बनाउने आश्वासन

काभ्रे : काभ्रे जिल्लामा पूर्वमन्त्री गोकुल बास्कोटाका अत्यन्त्यै निकट मानिएका निर्वाचन क्षेत्र नं २ प्रदेश (ख) का सांसद बसुन्धरा हुमागाईले बास्कोटाको साथ छोडेका हुन् । केन्द्रमा पार्टी विभाजनको अवस्था सिर्जना भएपछि केहिदिनसम्म सन्तुलित बसेका हुमागाई रातारात प्रचण्ड–माधव समूहमा गएका हुन् ।

सासंद हुमागाईले प्रचण्ड–माधव समूहले आइतबार बनेपाको एक पार्टी प्यालेसमा आयोजना गरेको भेलालाई समेत सम्बोधन गरेका छन् । सांसद हुमागाई ओली समूहका शान्त र शालिन सांसद भित्र पर्ने गरेका थिए ।

माधवको घरमा हुमागाईलाई मन्त्रीको पद
रातारात ओली समूह त्याग्नुका पछाडि सांसद हुमागाईले पनि मन्त्री पदको लालिपप पाएका छन् । बागमती प्रदेश सरकारको मन्त्री बन्न पाउने लोभमा उनले बास्कोटाको साथ छोडेको स्रोतको दाबी छ ।

आइतबारको भेलामा सम्बोधन गर्न पुग्नु अघिल्लो रात उनी कोटेश्वर स्थित माधव कुमार नेपालको घरमा पुगेका थिए । काभ्रेका माधव समूहले हुमागाईलाई नेकपा बागमती प्रदेश इन्चार्ज अष्ट लक्ष्मी शाक्यलाई अघि लगाएर कोटेश्वर गएका थिए । शाक्य मुख्यमन्त्री बन्ने होडमा छिन् । हालका मुख्यमन्त्री डोरमणी पौडेल वि’रुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै प्रचण्ड–माधव समूहका तीन जना मन्त्रीले राजीनामा दिइरहेका छन् ।

जिल्लामा ओली समूहका तर्फबाट सम्भावित जिल्ला अध्यक्षको रुपमा समेत हेरिएका सांसद हुमागाई एकाएक प्रचण्ड–माधव समूहमा गएपछि ओली समूह थप दबाबमा परेको छ । तर सांसद हुमागाईको निर्वाचन क्षेत्र गोकुल बास्कोटाकै क्षेत्र अन्तर्गत पर्ने भएकाले मतदाता भने रुष्ट बनेका छन् ।

प्रचण्ड–माधव समूहको भेलालाई सम्बोधन गर्दै हुमागाईले गोकुल बास्कोटाको समेत तीब्र आलोचना गरेको बताइएको छ । पार्टी कार्यालय सचिवको समेत जिम्मेवारी सम्हालिसकेका सांसद हुमागाईले गुट परिवर्तन गरेपछि उनलाई सहयोग गर्ने ओली समूहका अधिकांश नेता कार्यकर्ता रुष्ट देखिएका छन् ।

हुमार्गाइको निर्वाचन क्षेत्र
सांसद हुमागाईको निर्वाचन क्षेत्रमा बनेपा नगरपालिकाको १४ वटै वडा, मण्डनदेउपुरको १, २, ३, ४, ५ र ६ नम्बर वडा, पनौती नगरपालिकाको १, २, ३, ११ र १२ तथा बेथानचोक गाउँपालिकाको १, २, ३, ४, ५ नम्बर वडा गरी ३० वटा वडा पर्छन् ।

मतदाता माझ कम बोल्ने र बोलेको कुरा पुरा गरेरै छाड्ने नेता भित्र सांसद हुमागाई पर्ने गरेका छन् । तर गुट परिवर्तनले ओली समूह र उनका शुभेच्छुक भने निराश बनेका छन् ।

10920
Shares

ट्रेन्डिङ