सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काभ्रे प्रहरिको आयोजनामा सडक दुर्घटना न्युनिकरण तथा सडक शुरक्षा बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काभ्रे प्रहरिको आयोजनामा सडक दुर्घटना न्युनिकरण तथा सडक शुरक्षा बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

5250
Shares
काभ्रे प्रहरिको आयोजनामा सडक दुर्घटना न्युनिकरण तथा सडक शुरक्षा बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काभ्रे , पुष , ३    ,  धुलिखेलमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकको आयोजनामा सडक दुर्घटना न्युनिकरण तथा सडक
शुरक्षा बिषय सम्भ्न्धित अन्तरक्रीया कार्यक्रम पुष २ गते काभ्रे प्रहरी कार्यालयमा सम्पन्न भएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाको प्रमुख आतिथ्यतामा सडक दुर्घटना न्युनिकरण तथा सडक
शुरक्षा बिषयमा बिभिन्न सार्बजनिक यातायात प्रा लि का अध्यक्ष पदाधिकारी तथा प्रतिनिधिहरुका साथै यातायात मजदुर संघ संगठनका
अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधिहरु सहित ५५ जनाको उपस्थितिमा सम्पन्न भएको थीयो ।

जिप्रका काभ्रेका प्रमुख रबी कुमार पौडेलले सडक दुर्घटना हुने प्रमुख कारणहरु र सडक दुर्घटना न्यनिकरण गर्नको लागि आगामि दिनमा चालिने कदमहरुको बारेमा अबगत गराएका थीए ।

साथै सहभागिहरु बाट प्राप्त सुझाब सल्लाहरुलाई कार्यान्वयन गर्ने प्रतिवद्दता जनाएका थीए । त्यस्तै प्रमुख जिल्ला अधिकारी श्रबण कुमार तिमल्सिनाले सडक दुर्घटना आजको चुनौती भएको हुदा सबै मिलेर यसको यसको न्युनिकरण गर्नु पर्ने भएको हुदा आफ्ना तर्फ बाट सडक दुर्घटना न्युनिकरण गर्नका लागि व्याबसायी र मजदुर सँग मिलेर काम गर्ने र ट्राफिक नियममा कडाईका साथ पालना गराईने प्रतिबद्दता व्यक्त गरेका थीए ।

5250
Shares

ट्रेन्डिङ