सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • मुद्दा जिताइदिन्छु भनेर १ करोड २८ लाख रूपैयाँ ठगेको आरोपमा एक जना पक्राउ

मुद्दा जिताइदिन्छु भनेर १ करोड २८ लाख रूपैयाँ ठगेको आरोपमा एक जना पक्राउ

470
Shares
मुद्दा जिताइदिन्छु भनेर १ करोड २८ लाख रूपैयाँ ठगेको आरोपमा एक जना पक्राउ

ललितपुर । ललितपुरमा मुद्दा जिताइदिन्छु भनेर १ करोड २८ लाख रूपैयाँ ठगेको आरोपमा एक जना पक्राउ परेका छन्।

ललितपुर महानगरपालिका वडा-१८ भैंसेपाटी बस्ने ४५ वर्षीय रविन्द्र महर्जन पक्राउ परेका हुन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार १ बजे काठमाडौं महानगरपालिका-१० बाट पक्राउ गरेको हो।

उनले काठमाडौं-निजगढ (फास्ट ट्रयाक) द्रूत मार्ग टेण्डरमा सहभागी हुने क्रममा भएको निर्णय उपर उच्च अदालतमा विचारधीन रहेको मुद्दा जिताइदिन्छु भन्दै रकम लिएको उजुरी छ। सोही आधारमा उनलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालय एसपी काजीकुमार आचार्यले जानकारी दिए।

पक्राउ परेका महर्जनमाथि थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाएको एसपी आचार्यले बताए।

470
Shares

ट्रेन्डिङ