झापा । चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका-१० बस्ने २८ वर्षीय दुखु मिया र २१ वर्षीय तेजराज विष्ट रहेका छन् ।
मेचीनगर नगरपालिका-१० स्थित भैरव स्टोरबाट गत मंसिर १९ गते राति करिब ३ लाख रुपैयाँ मूल्य बराबरको विभिन्न किसिमका लत्ताकपडाहरू चोरी भएको घटनाको अनुसन्धानको क्रममा खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई चोरीका सामानहरू सहित पक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला अदालत झापाबाट चोरी कसुरमा ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।