सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • संगीतकर्मी संघ काभ्रेमा नमोबुद्धका अध्यक्ष धिताल नेतृत्वमा चयन

संगीतकर्मी संघ काभ्रेमा नमोबुद्धका अध्यक्ष धिताल नेतृत्वमा चयन

135
Shares
संगीतकर्मी संघ काभ्रेमा नमोबुद्धका अध्यक्ष धिताल नेतृत्वमा चयन

काभ्रे । “हाम्रो कला र संस्कृतिको गौरवपूर्ण शान, कलाकारहरूको उत्थानका लागि हाम्रो अभियान” भन्ने मूल नाराका साथ राष्ट्रिय संगीतकर्मी संघ काभ्रेपलाञ्चोक शाखाको छैठौं अधिवेशन तथा वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ।

बनेपा स्थित द अरनिको फास्टफुडमा आयोजित अधिवेशनमा कान्तिपुरकर्मी / नमोबुद्ध मिडिया प्रा लिका अध्यक्ष तथा संगीतकर्मी सघका पुर्व सचिब पुजन धिताललाई सर्वसम्मत रूपमा संघको अध्यक्षमा चयन गरिएको हो। धिताल काभ्रेको सांगीतिक, साहित्यिक तथा सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका छन्।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न संघका बाग्मती प्रदेश सदस्य सुरेन्द्र खड्काले अधिवेशन संयोजकको भूमिका निर्वाह गरेका थिए भने निर्वाचन प्रक्रिया निर्वाचन संयोजक खमेश श्रेष्ठको नेतृत्वमा सम्पन्न भएको थियो।

अधिवेशनबाट चयन भएको १४ सदस्यीय नयाँ कार्यसमितिमा निम्न पदाधिकारीहरू रहेका छन्:

१. पुजन धिताल – अध्यक्ष
२. विस्णु गुरुङ – वरिष्ठ उपाध्यक्ष
३. अस्मिता खनाल – उपाध्यक्ष
४. चन्द्रकला केसी – उपाध्यक्ष
५. बिक्रम सुवाल – सचिव
६. बेलि थापा – कोषाध्यक्ष
७. सुनिता बखुन्छे – सह–कोषाध्यक्ष
८ .सानू श्रेष्ठ – प्रवक्ता
९. एलिना अधिकारी – सदस्य
१०. मीना खड्का – सदस्य
११. चमेलि थापा – सदस्य
१२. भक्त बहादुर दाहाल – सदस्य
१३ . सिजन बैद्य – सदस्य

कार्यक्रममा जिल्लाभरिका संगीतकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नवनिर्वाचित अध्यक्ष पुजन धितालले सांस्कृतिक पहिचान संरक्षण, स्थानीय कलाकारको सीप विकास तथा हकहितको प्रवर्द्धनमा संघले सशक्त भूमिका खेल्ने प्रतिबद्धता सङै आगामी दिनमा सस्थाको गरिमा आच नआउने गरि कार्य गर्ने बाचा समेत जनाउनु भयो ।

कार्यक्रममा सस्थाका पुर्व अध्यक्ष दोय कमल दाहाल तथा अमरकृष्ण चन्द लगाएकोको उपस्थिती सङै सस्थाका पदाधिकारीको बाक्लो उपस्थिती समेत रहेको थियो ।

135
Shares

ट्रेन्डिङ